ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा वार्षिक ३७ मृत शिशु जन्मन्छन्

  सल्यान खबर डेस्क २०७७ फाल्गुण १६ गते आइतबार १६:३५:१२ मा प्रकाशित

फागुन १६,सल्यान
सल्यानका महिलाले वार्षिक ३७ मृत शिशुको जन्म दिने गरेको पाइएको छ । आर्थिक वर्ष ०७६/०७७ मा ३७ जना शिशु मृत जन्मिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ  । 

स्वास्थ्य सेवा कार्याल सल्यानले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ५३ , आ.व. २०७५/०७६ मा ५७ र आ.व. ०७६/०७७ मा ३७ जना शिशु मृत्त जन्मिएका छन् । कार्यालयका सूचना अधिकारी थलराज डिसीका अनुसार विगतका आर्थिक वर्षहरु भन्दा केही सुधारोन्मुख भएपनि मृत्युदर बढी नै हो ।

  नेपाल सरकारले जारी गरेको चार पटकको नियमित गर्भ जाँच, लामो समयसम्म सुत्केरी व्यथा लाग्नु लगायतका कारण आमाले मृत्त शिशुलाई जन्म दिइ रहेको उनले बताए । उनले भने आर्थिकवर्ष२०७५/०७६ मा झनै ५७ जना मृत्त शिशुके जन्म भएको थियो । तर गएको आ.व.मा  विभिन्न कार्यक्रम मार्फत २० प्रतिशतले घटाउन सफल भएका छौं । विश्वभर फैलिएको कोरोना महामारी नआएको भए अझै घटाउन सकिन्थ्यो होला । 

पेटमा रहेको बच्चाको अवस्था के कस्तो छ भनेर समय समयमा चेकजाँच नगर्दा, लामो समयसम्म सुत्केरी व्यथा लाग्नु, आमा स्वास्थ्य अवस्था कमजोर हुनु लगायतका कारण आमाले मृत्त शिशुको जन्म दिने गरेको कार्यालयका प्रमुख दशरथ श्रेष्ठले बताए । मधुमेह, क्यान्सर, धुम्रपान, चिन्ता, मोटोपन आदी आमा हुँदा पनि शिशु मृत्त अवस्थामा जन्मने गरेको उनको भनाई छ ।

गर्भवति महिलाले नेपाल सरकारको प्रोटोकल अनुसार नियमित ४ पटक वा आवश्यकतामा शो भन्दा बढी चेकजाँच गरेमा, गर्भवति महिलालाई घरपरिवारले सरसहयोग गरेमा, उमेर पुगेपछि मात्र गर्भवति भएमा शिशु मृत्युदर घटाउँन सकिने उनको भनाई छ । 
। 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top