ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा ३७ प्रतिशत महिला घरमै सुत्केरी

  सल्यान खबर डेस्क २०७७ फाल्गुण ११ गते मंगलबार १६:१९:३१ मा प्रकाशित

फागुन ११ ,सल्यान 
आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वषौंदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

 संस्थागत स्वास्थ्य संस्थामा बच्चा जन्माउन प्रोत्सहान स्वरुप दुई हजार, नियमित  जाँच गरे ८ सय र कर्णाली प्रदेश सरकारले थप दुई हजार गरी ४ हजार ८ सय रुपैयाँ सुत्केरी महिलाले पाउने गर्छन । सल्यानमा अझै स्वास्थ्य संस्थामा गएर दक्ष प्रसुति सेवा लिई सन्तान जन्माउने महिला ६३ प्रतिशत मात्र रहेको छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ३७ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी हुने गरेका छन् । नेपाल सरकारले स्वास्थ्य संस्थामा  सुरक्षित सुत्केरी हुन आउन विभिन्न प्रोत्साहनका कार्यक्रम ल्याए पनि दुरदराज र परम्परागत सोचका कारण ३७ प्रतिशत महिला अहिले पनि घरमै सुत्केरी हुने गरेको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताए । उनले भने कतिपय दुर्गम गाउँका महिला अझै पनि सुत्केरी हुन अस्पताल जानुपर्छ भन्ने ठान्दैनन् । यसले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्थ्य अवस्था जोखिममा पर्ने गरेको छ । 
जिल्लाका विभिन्न ४५ स्थानमा बर्थिङ सेन्टर, एक जिल्ला अस्पतालमा सुत्केरी सेवा दिदै आइरहेको छ । आर्थिक वर्ष २०७४/७५ मा ५७ प्रतिशत, २०७५/०७६ मा बढेर ६० प्रतिशत र २०७६÷०७७ मा ६३ प्रतिशत महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको सूचना अधिकारी डिसीको भनाई छ । 

कार्यालयका अनुसार प्राटोकल अनुसार चार पटक गर्भवति जाँच गराउन आउनेको संख्या ७० प्रतिशत रहेको छ भने ३ पटक मात्र सुत्केरी जाँच गराउन आउनेको संख्या १४ प्रतिशत मात्र रहेको छ । पूर्ण गर्भजाँच नगराएमा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने  अस्पतालका डा. प्रदिप शर्माले बताए । उनले भने गर्भजाँच गर्दा गर्भवती महिलामा रगतको कमी भए नभएको थाहा हुन्छ । जसले रक्त अल्पताबाट बचाउउन नियमित गर्भजाँज गर्नुपर्छ । 

प्रोटोकल अनुसार चार पटक गर्भजाँज गर्दा गर्भमा रहेको बच्चा र आमा दुवैको जोखिम उत्तिकै रहने शर्माको भनाई छ । नियमित गर्भजाँच गर्न आए नेपाल सरकारले प्रोत्साहन स्वरुप भत्ता पनि दिने भएकाले स्वास्थ्य संस्थामा आई सुरक्षित सुत्केरी हुन आउन उनले आग्रह गरे । 
  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top