होमपेज / स्वास्थ्य
दिपक शर्मा फागुन १७, सल्यान
सल्यान जिल्ला अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ । विरामीको चाप दिन प्रतिदिन बढी रहेपनि स्वाथ्यकर्मी नहुँदा विरामी मारमा परेका हुन ।
कार्यालय सहयोगी सहित ३२ जनाको दरबन्दी रहेको अस्पतालमा जनशक्ति निकै कम रहेको छ । विगतमा अस्पतालमा दरबन्दी अनुसार कर्मचारी भए पनि समायोजन भएर जाँदा समस्या भएको सल्यान अस्पतालका डा. प्रदिप शर्माले बताए । उनले भने ‘करार र केही स्थायी कर्मचारीले अस्पताल चलि रहेको थियो तर समायोजन भएर गएपछि समस्या भएको छ ।’
अस्पताल व्यवस्थापन समिति नहुँदा करारमा कर्मचारी भर्ना गर्न पनि समस्या भएको डा. शर्माको भनाई छ । लामो सयमदेखि अस्पताल व्यवस्थापन समितिको वैठ्क बसन नकस्दा पनि थप समस्या भएको उनको भनाई छ ।
प्रदेश सरकारलाई आवश्यक जनशक्ति पठाईदिन ताकेता गर्न समेत जनशक्ति र पैसा पठाउन नसकेको शर्माले बताए । उनले भने ‘अस्पताल कर्मचारी विहिन हुँदा समेत प्रदेशले केही हेरेको छैन । सवै दरबन्दी अनुसारको कर्मचारी नपाए पनि केही कर्मचारी पठाए सेवा चुस्त द्रस्त हुने थियो ।’ प्रत्येक दिन साना ठुला शल्यक्रिया भई रहने बताउदै डा. शर्माले महिनामा १०/१२ सिजरियन र हाडजोर्नीको शल्यक्रिया हुने गरेको बताए ।
दैनिक १० देखि १२ जनासम्म सुत्केरी हुने र दुई नर्शले एक सिफ्टमा २० देखि २५ जनासम्म विरामी हेर्नु पर्ने बाध्यता रहेको नर्श कोपिला रानाले बताइन । उनले भनिन ‘दिनमा १०÷१२ जना सुत्केरी हुन आउछन् तिनलाई समय दिने की अरु विरामीलाई दिने समस्या छ ।’ प्रदेशबाट राखिएका कर्मचारी राम्रो अवसर पाए पछि गएको र अहिले करारमा रहेका केही नर्शहरुले सघाइ रहेको उनको भनाई छ ।
आवश्यक जनशक्ति नहुँदा इमर्जेन्सीमा एक जनाले १२ देखि १४ घण्टासम्म ड्युटी दिनु पर्ने बाध्यता रहेको अहेव जीवन पुनले बताए । स्थायी र करार दुवैबाट एक जना पनि चिकित्सक नरहेको डा. शर्माले बताए । एनएसआई नामक एक संस्थाका चार चिकित्सकको टोलीले सेवा प्रदान गर्दै आइरहेको उनको भनाई छ ।