होमपेज / स्वास्थ्य
इन्द्र बुढाथोकी माघ १२, सल्यान ।
सल्यान कुपिण्डे नगरपालिकामा सामुदायिक स्तरमा कोरोना बढ्दो क्रममा देखिएको छ । पछिल्लो चरणमा विभिन्न विद्यालयमा गरिएको कोरोना चेकजाँचका क्रममा प्रभाकर माध्यमिक विद्यालयका थप ५ जना विद्यार्थीमा कोरोना भाइरस सक्रमण देखिएको छ ।
प्रदेश अस्पताल, पशुपंक्षिरोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा जिल्लाको पश्चिमी क्षेत्र बन्गाड कुपिण्डे नगरपालिकाकाको प्रभाकर माबीका ५ जना बिद्यार्थीमा कोरोना पोजिटिभ देखिएको हो । २६ जनाका स्वाब संकलन गरेर पिसिआर गर्दा ५ जनामा कोरोना देखिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिए । जसमा १०,१७, १८, १५ र १५ वर्षका विद्यार्थीमा संक्रमण देखिएको छ ।
सबै भन्दा वढी नगरले आइसुलेसन वनाएको प्रभाकर माध्यमिक विद्यालयका विद्यार्थीको कोरोना रिपोर्ट पोजेटिभ देखिन थालेको छ । कोरोना रिपोर्ट पोजेटिभ आउनेमा प्रभाकर माद्यामिक बिद्यालय देवस्थलका विद्यार्थीहरु भने होम आइसोलेशनमा नबसेर बजारमा जथाभावी घुमिरहेका हुन्छन् भने परिवारिक बसाइ समेत सङ्गै भएको स्थानीयको भनाइ रहेको छ । कोरोना पोजेटिभ शिक्षकहरु समेत जथाभावी बजारहरुमा डुलिरहेका हुन्छन ।
पछिल्लो चरणमा कोरोना रिपोर्ट पोजेटिभ आए पनि होम आइसुलेसनमा नवसी परिवारसँगै र छरछिमेक घुलमिल भैरहेकोले कोरोना सामुदायिक स्तर झनै बढ्दै जाने देखिन्छ । साथै कोरोना लक्षणसँग मिल्दोजुल्दो संकेत देखिएमा स्वास्थ्यकर्मीको सम्पर्कमा रही सल्लाह लिन र चेकजाँच गराउन समेत नगर स्वास्थ्य शाखाको अपिल छ ।