ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कालिमाटी गाउँपालिकामा कोभिड १९ अस्पताल सञ्चालन

  सल्यान खबर डेस्क २०७७ माघ ११ गते आइतबार १७:०९:३१ मा प्रकाशित

माघ ११,सल्यान 
सल्यानको कालिमाटी गाउँपालिकाले आइतबारदेखि कोभिड १९ अस्थाई अस्पताल सञ्चालन गरेको छ । 

आवश्यक तयारी पुरा भएपछि कालिमाटी स्थास्थ्य चौकीमा अस्पताल सञ्चालनमा आएको हो । कोरोना संक्रमितको सहज उपचारका लागि ५ शश्याको अस्पताल सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ अनुसार अस्पताल सञ्चालनमा  उनको भनाई छ । 
आइतबार कालिमाटी गाउँपालिकामा अस्थाई कोभिड १९ अस्पताल सञ्चालन भएसँगै बागचौर नगरपालिका बाहेक सबै स्थानीय तहमा अस्थाई अस्पताल सञ्चालनमा आएका छन् । अस्थाई अस्पताल सञ्चालनमा आएपनि डा. पाउन भने स्थानीय तहलाई मुस्किल हुने गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top