होमपेज / स्वास्थ्य
इन्द्र बुढाथोकी माघ १,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिकामा सामुदायिक स्तरमा कोरोना देखिएको छ ।
गत मंगलबार लिएको रिपोर्ट अनुसार समुदाय स्तरमा काम गर्दै आइ रहेका तीन जनामा कोरोना पोजेटिभ देखिएको हो । देवस्थल स्वास्थ्य चौकीमा कार्यरत ३५ वर्षकी अनमी , गंगा प्राथमिक विद्यालय अम्रामा कार्यरत ३७ वर्षीया शिक्षिका र प्रभाकर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी वर्ष १६ का एक जना गरि ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा सयोजक बासुदेव पोखरेलले जानकारी दिए ।
सामुदाय स्तरमा कोरोना देखिएको कारण सबैलाई सचेत रहन आग्रह गर्दै संक्रमितको सम्पर्कमा रहेका सबैले सावधानी अपाउन पनि उनले अपिल गरेका छन् ।