ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम लागू

  हिमाल शर्मा २०७७ पौष २७ गते सोमबार २०:०६:४७ मा प्रकाशित

पुस २७,सल्यान 
सल्यानमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमको ६३ औं जिल्लाका रुपमा कार्यक्रम लागू भएको हो । 

स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि धेरैले स्वास्थ्य बीमा गर्दै आइरहेको र सल्यानका अति विपन्न परिवार, जेष्ठ नागरिक असक्त अपांगता भएका व्यक्ति लाभान्वित हुने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामादर बसौलाले बताए । देशभरका सबै व्यक्तिको स्वास्थ्य बीमा गर्ने लक्ष्यका साथ बीमा कार्यक्रम लागू भइरहेको उनको भनाई छ । 

स्वास्थ्यको पहुँचबाट कोही पनि बिमुख नहुन भनेर नेपाल सरकारले बीमा कार्यक्रम लागू गरेको बीमा कोर्ड सदस्य चन्द्र थापाले बताए । आउँदो आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिने उनको भनाई छ । स्थानीय तहबाटै नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने लक्ष्य अनुसार सरकारले बीमा कार्यक्रम लागू गरेको थापाले बताए । बीमा परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने उनको भनाई छ । 

स्वास्थ्य बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा सरकारले बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको र अति विपन्न, ७० वर्ष माथिका जेष्ठ नागरिक, एच आइभी संक्रमित परिवार, क्षयरोगीका परिवार, कुष्ठरोग संक्रमित परिवार, अति सशक्त अपांगता भएको व्यक्तिको परिवारलाई शतप्रतिशत , ५० प्रतिशत अनुदानमा महिला स्वास्थ्य स्वयमसेविका र उनको परिवारले बीमा बापतको शुल्क तिरिदिने व्यवस्था गरेको निर्देशक बसौलाले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top