होमपेज / स्वास्थ्य
मंसिर १६,सल्यान
सल्यानको कुमाख गाउँपालिकामा ५ शश्याको कोभिड १९ अस्थाई अस्पताल सुरु गरिएको छ । कोरोना भाइरसका कारण संक्रमित बिरामीको उपचारका लागि भन्दै गाउँपालिकाले अस्थाई अस्पताल सञ्चालन गरेको हो ।
कोरोना संक्रमितको सहज उपचारका लागि ५ शश्याको अस्पताल सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड १९ अस्थायी अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन २०७७ अनुसार अस्पताल सञ्चालनमा उनको भनाई छ ।
एक जना मेडिकल अधिकृत, १ ल्याव टेक्निसियन र २ स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन् ।