ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

कपुरकोट गाउँपालिकाले चिन्ह वा लक्षण देखिएकाहरूलाई पिसिआर परीक्षण गर्न बोलायो 

  सल्यान खबर २०७७ मंसिर १२ गते शुक्रबार १६:४८:१४ मा प्रकाशित

सल्यान, १२ मङ्सिर । 

चिन्ह,लक्षण देखिएका वा कोरोना भाइरसको शङ्का लागेका व्यक्तिहरूलाई पिसिआर परीक्षणका लागि स्वाब दिन सल्यानको कपुरकोट गाउँपालिकाले अनुरोध गरेको छ ।

कोरोना भाइरसबाट नागरिकहरूलाई सुरक्षित राख्न सुरु देखि नै विभिन्न कदमहरू चाल्दै आएको जनाउँदै गाउँपालिकाले कोरोना भाइरसको शङ्का लागेकाहरूलाई स्वाब दिन आग्रह गरेको हो । शनिवार बिहान साढे सात बजे देखी धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा स्वाब सङ्कलन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जानकारी दिए ।

गाउँपालिकाले कोरोना विरुद्धको अभियान र परीक्षणको दायरा बढाउँदै आएको जनाउँदै उनले फेरि पनि समुदाय स्तरमा कोरोना परीक्षण गर्न लागिएको बताए । तर चिन्ह वा लक्षण देखिएका व्यक्तिहरूलाई मात्र स्वाब दिन उनको आग्रह छ । स्वास्थ्य सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गर्दै कपुरकोट गाउँपालिकाले सचेतनाका क्रियाकलापहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top