ट्रेण्डिङ

होमपेज / स्वास्थ्य

चिकित्सकलाई कोरोना देखिएपछि सल्यान अस्पताल सिल

  सल्यान खबर डेस्क २०७७ कार्तिक २८ गते शुक्रबार १९:२८:०७ मा प्रकाशित

कात्तिक २८, सल्यान 
चिकित्सक र स्वास्थ्यकर्मिमा कोरोना देखिएपछिजिल्ला अस्पताल सल्यान सिल गरिएको छ ।

जिल्ला अस्पताल सल्यानमा एक जना कार्यलय सहयोगी सहितचिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि  आज २८ गते बाट मंसिर ६गते सम्म अस्पताल सिल गरिएको हो । बिहिवार आएको रिर्पोट अनुसार अस्पतालमा कार्यरत चिकित्सकसहित एक कार्यलय सहयोगीमा  कोरोना पोजिटिभ देखिएको थियो । 

स्वास्थ्य कार्यालयका सल्यानका  कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार अस्पतालमा ईमरजेन्सी र सामान्य सुत्केरी सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको बताउनुभयो । संक्रमित डाक्टर तथा कर्मचारी होम आइसोलेसनमा राखिएको छ ।  जिल्लामा एक दर्जनभन्दा बढी डाक्टर र स्वास्थ्यकर्मी संक्रमित भइसकेको उहाँले बताउनु भयो  । पछिल्लो समयमा जिल्लामा लक्षण सहितका कोरोना संक्रमित देखिन थालेका छन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top