ट्रेण्डिङ

होमपेज / फिचर

थारमारे– चौरपानी– चौरजहारी सडक भाइरल रोडमा परिणत (फोटोफिचर)

  सल्यान खबर डेस्क २०७८ असार २७ गते आइतबार १५:०७:२३ मा प्रकाशित

असार २७,सल्यान 
पछिल्लो समय थारमारे– चौरपानी– चौरजहारी सडक खण्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चिटिक्क परेको नागबेली सडकमा सामाजिक सञ्जाल प्रयोगकर्ताको चहलपहल बढेको छ । 

कोरोना भाइरसको संक्रमणका कारण जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको भएपनि यस सडकमा टिकटक बनाउन, फोटो खिच्ने मान्छे देख्न सकिन्छ । यो सडक केही दिनअघि मात्र कालोपत्र भएका हो । जब सडक कालोपत्रे भयो यहाँ मानिस आएर फोटो खिच्न थाले । 

नागबेली परेको सडक सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसैले बाटोको नाम नै टिकटक रोडमा परिणत भएको छ । सडक हेर्नकै लागि र फोटा खिच्नका लागि धेरै मानिस टाढा टाढाबाट समेत आउन थालेको स्थानीयबासीको भनाई छ । 

सल्लेरीको बिचमा नागबेली जस्तै बनेको सडकमा फोटो खिच्नु र टिकटक बनाउनुको बेग्लै मजा रहेको नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सस्दय टेकराज शाहीले बताए । हिजोआज बिदाको दिन टिकटक बनाउन थुप्रै युवायुवतीहरु आउने गरेको उनको भनाई छ । त्यसको प्राकृतिक सुन्दरता र सडककै कारण दुई पटक पुगको उनले बताए । 
तस्विर : सामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित खवर

Top