ट्रेण्डिङ

होमपेज / फिचर

निषेधाज्ञाको पहिलो दिन सल्यान यस्तो देखियो (फोटो फिचर)

  दिपक शर्मा २०७८ बैशाख १९ गते आइतबार १३:५७:५१ मा प्रकाशित

दीपक शर्मा वैशाख १९,सल्यान 
  निषेधाज्ञाको पहिलो दिन सल्यान सुनसान देखिएको छ । यातायातका साधनहरु ठप्पै रहेका छन् भने बजार पूर्ण रुपमा बन्द रहेका छन् । चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । 

निजि तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ । जेठ १ गतेसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागु गर्न जिल्लामा भित्रिने कपुरकोट, कालिमाटी, बाुलवासंग्रही नाकामा प्रहरी तैनाथ गरिएको छ । अत्यावश्यक सेवा र अनुमति बाहेकका सवारी साधनलाई कारवाहीको दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 


स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हालसम्म जिल्लामा एन्टिजेन परिक्षणबाट २ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा २ सय ५० सक्रिय संक्रमित संख्या रहेको छ । सल्यान अस्पतालमा १३ जनाको उपचार भइरहेको छ भने बाँकी २ सय ३७ जना होम आइसोलेशनमा रहेको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा कोरोनाबाट ५ जनामा मृत्यु भइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top