ट्रेण्डिङ

होमपेज / फिचर

के तपाई कुपिण्डे ताल पुग्नु भयो ?(फोटो फिचर)

  सल्यान खबर डेस्क २०७८ बैशाख १ गते बुधबार १८:२३:४२ मा प्रकाशित

वैशाख १,सल्यान 
सल्यान जिल्ला नेपालको एैतिहासिक जिल्ला हो ।यो जिल्ला नेपाल एकिकरण हुनुभन्दा पहिले सौन्य परिवार ले चलायको सोशान्त राज्य थियो । पछि वाइसे चौविसे  राजा कृष्ण शाहको पालामा  नेपाल एकिकरण अभियान मा लागेका राजा पृथ्र्र्वी नारायण शाह को सल्यान राज्य प्रति घनिष्टता वढदै गयो ।  त्यहि कारणले पृथ्र्वी नारायण श्ँह्ले आफ्नो छोरी विलास कुमारी लाई कृष्ण शाह को छोरा रण भिम शाह सग विवाह गरिदिय र दाङ् को छिल्ली विजौरी देखि अधिकांश भाग छोरीलाई कुशविर्ता समेत दिउको इतिहास छ । वि.स.१८६९ भाद्र ३ गते नेपाल एकिकरणको क्रममा सल्यान राज्य नेपालमा गाभिएको हो ।  तर कुपिण्डे तालको इतिहास त्यो भन्दा पुरानो छ ।

किम्वदन्ती अनुसार अहिले कुपिण्डे ताल भएको स्थानमा ठूलो गाँउ थियो । गाउँमा एकदिन साधु भेष बदलेर  बासको खोजिमा गाउँ पसे । धेरै घरमा वास माग्दा पनि उनले वास पाउन सकेनन ।निरास हुँदै एक जना वृद्धको घरमा उनि पुगे । वासको लागी आँफु आयको कुरा उनले सुनाए ।घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र वस्नको लागी केहि प्रवन्ध हुन नसक्ने वताए पनि साधु त्यहि घरमा वस्ने अनुमती मागे । वृद्धको गरिवी थाहा पाय पछि भोलिपल्ट विहान साधुले ति वृद्ध महिला लाई अहिलेको कुपिण्डे ताल तर्फको पहाड देखाउदै भनेछन्,त्यो पहाड सम्म जाउँ । हिडदा पछि फर्कियर नहेर्नु ।महिला पहाड तर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सवै गाँउ पानीले भरिएको ताल  ।
अहिले ताल,पोखरी,र दहको वारेमा अध्यन अनुसंन्धान गर्ने संघ÷सस्था÷विद्यार्थी कुपिण्डे तालसम्म पुग्ने गरेका छन् ।  कुपिण्डे  ताल प्राकृतिक रुपले निकै सुन्दर मानिन्छ ।   तालको वरपर हरियाली रुख विरुवाहरु, सुन्दर वस्ति नेपालीपनको जन जीवनले जो कोहि लाई पनि कुपिण्डे ताल पुग्दा आनन्दको महसुस हुन्छ ।तालको किनारमा वराहको मन्दिर छ । सल्यान जिल्लाको मात्र नर्भएर वराह मन्दिरमा पुजा गर्न रुकुम,सुर्खेत र जाजरकोट जिल्लाका मानिसहरु पनि पुग्ने गर्दछन ।आजसम्म धार्मिक पर्यटकिय दृष्टिकोणले मात्र महत्व मानिदै आएको कुपिण्डे तालको वारेमा वैज्ञानिक अनुसंन्धान भने आजसम्म हुन सकेको छैन ।केहिवर्ष यता आएर तालको संरक्षण हुनुभन्दा पनि भू–क्षय र मोटर मार्ग को माटोले गर्दा तालको सतह पुरिदै गएको छ ।  

कुपिण्डे ताल अवलोकन गर्नेहरुले भन्दछन– सल्यान ले कुपिण्डे ताललाई धार्मीक स्थलको रुपले मात्र नभएर पर्यटकिय दृष्टिकोणले विकास गर्नु पर्दछ  ।जिल्ला भित्र रहेका ताल तलैयालाई संरक्षण र प्रचार प्रशार गर्न सकेमात्र  समग्र विकास लाई आर्थीक रुपले सहयोग हुन्छ ।  पर्यटकिय दृष्टिकोण ले ताल तलैया महत्वपूर्ण मानिन्छ ।सल्यान जिल्लाको कुपिण्डे ताल जस्ता सवै तालहरु को दिगो रुपले संरक्षण गर्ने निती राज्य संग हुनु पर्दछ ।  ऐतिहासिक,धार्मीक तथा सास्कृतिक महत्वका हिसावले पहिचान भएका ताल तलैयालाई संरक्षण गर्दै पर्यटकिय विकास गनृु पर्दछ । जसले समग्र गाउँ देखि जिल्लाको विकास मा  दिगोरुप ले आर्थीक सहगोग पुग्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top