ट्रेण्डिङ

होमपेज / फिचर

सल्यानको इतिहास र पर्यटन

  सल्यान खबर डेस्क २०७७ चैत्र २१ गते शनिबार १५:१६:०५ मा प्रकाशित

के.वि. मसाल
कुनैबेला सल्यान वाइसे राज्यभित्र पर्ने राज्य थियो । त्यस बेला सल्यानमा सैन्य परिवारले सोशान्त राज्य चलाएको थियो । नेपाल एकिकरण अभियानमा पृथ्वीनारायण शाहसँग सल्यानका राजा कृष्ण शाहको मित्रता थियो । त्यसैले सल्यानी युवराज रणभिमशाहसँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई बिबाह गरिदिए । बिबाह पछि छिल्ली बिजौरी देखि पश्चिम दाङ क्षेत्रको जमिन छोरीलाई कुशविर्ता दिए । पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यान एकिकरण गर्ने काम थाले । वि.सं.१८६९ भाद्र ३ गते सल्यान पनि नेपालमा एकिकरण भएको थियो । राणकालिन अबस्थामा हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकाशं भुभाग सल्यान जिल्लामा थियो । त्यसबेला सल्यान गौडामा चौथो दर्जाको बडाहाकिमको रहने ब्यवस्था थियो ।

कपुरकोट तरकारी बजार केन्द्र सल्यानको प्रवेशद्वार हो । यहाँ विभिन्न किसिमका जडिबुटी, अदुवा, सुन्तला, कागतीका साथै तरकारी राम्रो उत्पादन हुने गर्छ । सल्यानको सुन्तला र अदुवा गुणस्तरका हिसाबले देशकै उत्कृष्ट मानिन्छ । सल्यानमा सुन्तला र अदुवा संकलनका लागि व्यापारीहरु बाहिरी जिल्लाबाट गाउँमै पुग्ने गर्दछन् । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटनका हिसाबले थुप्रै सम्भावना रहेको छ । पर्यटकीय सम्पदाहरुको संरक्षण, सम्वद्र्धनको अभावमा सल्यान ओझेलमा परेको छ ।

12341203_761632973981546_2048530819771154607_n-650x433

जिल्लाको बीच भागबाट नै बगेको शारदा नदीले यहाँको सुन्दरता बढाउनुका साथै शारदाका फाँटहरुमा धानबालीका लागि सिचाइको सुविधा प्रदान गरेको छ । राप्ती राजमार्ग सल्यान हुँदै रुकुमसम्म पुगेको छ । त्यस्तै, सुर्खेत हुँदै भेरी नदीको तिरैतिर भएर पश्चिम सल्यानको सल्लीबजारबाट पनि सल्यान प्रवेश गर्न सकिन्छ । यो सडक सुर्खेत हुँदै जाजरकोटसम्म पुग्ने गर्दछ । सल्यान जिल्लाका पर्यटकिय स्थलहरु कुपिन्डे दह, खैराबागभगपति, छत्रेश्वरी, कालीका भगपति, मोखला शिव गुफा, कमलाछी मन्दिर छन् ।

2

सल्यान जिल्लाको नामाकरण कसरी भएको हो भन्ने एकिन नभए पनि सल्यानको भूगोलमा धेरै डाडाकाडा मा सल्लाका रुख हुने भएकोले ठाउको नाम पनि सल्यान राखिएको हो भन्ने पनि छ । नामकै प्रशगमा राजाहरुले राज्य गर्दा सल्ले भन्ने स्थानको मानीसलाई आफ्नो सहयोगीको रुपमा राखेको हुँदा त्यसैको नामबाट ठाउको नाम भएको हो भन्ने भनाइ पनि रहेको छ । वर्तमान अवस्थामा सल्यानलाई हेर्दा पनि प्रत्येक पहाडमा सल्लाका रुख देखिने हुदा सल्लाबाट नै सल्यान भएको हुन सक्ने बलियो आधार मान्न सकिन्छ ।

राणाकालमा सल्यान जिल्लामा हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकांश भू–भाग सल्यानमा थियो । राण शासकहरुले सल्यान जिल्लालाई ठूलो गौडाको रुपमा प्रशासनिक केन्द्र बनाएका थिए । चौथो दर्जाको वडाहाकिमले सल्यानको प्रशासन चलाएका थिए । नेपालको प्रशासनिक क्षेत्रको विभाजनमा सल्यान जिल्ला मध्यपश्चिमा अन्चलको राप्ती अन्चलमा पर्दछ । सल्यान जिल्लाको विच भाग बाट वग्ने शारदा र जिल्लाको सिमाना वनाएर पश्चिम भाग बाट बग्ने भेरी नदीको किनार बाहेक सल्यान जिलाका बस्तिहरु अधिकाशं पहाडी रमणिय डाडाकाडा मा रहेको छ । हरियाली पहाडको श्रृखला विच–विचमा सानाखोला, खोला किनारमा खेतवारी होचा भिरालो पहाडमा घनावस्ति रहेको छ सल्यानमा ।

 

पछिल्लो समय मोटर मार्गको निर्माण सगै सडक किनारमा व्यापारी केन्द्रको रुपमा वजार विस्तार समेत सल्यानमा हुन थालेको छ । कपुरकोट, लुहाम श्रीनगर, थारमारे, वाग्गेलाकुरी यसको उधारण लिन सकिन्छ । ग्रामीण वजार विस्तार सगै जिल्लावासी कृषकहरु नगदेवाली को रुपमा उत्पादन हुने खेतीपातीमा लाग्न थालेका छन । अदुवा, सुन्तला, कागती सल्यान जिल्लामा राभ्रो उत्पादन हुन्छ । अदुवा खेतीको लागि प्रख्यात मानीने सल्यान जिल्लाबाट वर्षेनी कराडौ मुल्यको अदुवा अन्य जिल्लामा समेत निकासी हुदै आएको छ । सल्यान जिल्लाको वरदान मानीने शारदा नदी किनारमा रहेको काल्चे कालीमाटी, काभ्रा, लुहाम, शङखमुल, झिम्पे कोरवाङ, छायाक्षेत्र, श्रीनगर, चाक्लीघाट, मुखला जस्ता ठाउमा खेतियोग्य जमिन रहेका छन । भेरि नदीको किनारमा पर्ने वनगार,कालागाउ लगायतका गाँउहरु पनि खेतिको लागि उत्तम मानीन्छ ।

सल्यान जिल्ला रुकुम, जाजरकोट, सुर्खेत, वाके, दाङ र रोल्पा जिल्लाको विचमा रहेको सल्यान जिल्लाको कुल १४६२ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ । सबै भन्दा अग्लो पहाड सल्यानको जथाक लेख हो । जसको उचाई सामुद्रिक सतह देखि २ हजार ७ सय २७ मिटर रहेको छ । यो लेखबाट रुकुम ,जाजरकोट र सल्यान जिल्लाका दर्जनौ वस्ती, डाडाकाडा एवं प्राकृतीक स्वरुपको दृष्यावलोकन गर्न सकिन्छ । कुमाख बाट रुकुम जिल्लाको प्रख्यात मानीने डिग्रे भगवतीको मन्दिर, जन्तीवस्ने ढुङगा को पहाड र अधिकांश गाउहरु देख्न सकिन्छ । सल्यान जिल्ला प्राकृतीक एवं धार्मीक पर्यटकहरु को लागी अध्यन, अनुगमन, दृष्यावलोकन गर्नको लागि उपयोगि जिल्ला मानीन्छ ।आकर्षक मानीने कुपिण्डे तालले पनि सल्यान जिल्लाको महत्व बढाएको छ । जिल्ला सदरमुकाम खलंगा बाट २२ कि.मि.को दुरीमा रहेको कुपिण्डेमा आजभोली पर्यटकहरु को भिड हुने गर्दछ । कुपिण्डे ताल मात्र होइन सल्यान जिल्लालाई पर्यटकिय स्थलको रुपमा विकास गर्न सकिने ऐतिहासिक धार्मीक स्थल, मठ मन्दिर, कोट र लेकका प्राकृतिक रमणिय मनमोहक स्थलहरु छन ।

12798904_806602722817904_7536375568400053885_n

ऐतिहासिक र धार्मीक महत्वले पहिचान वोकेका सल्यानमा खैरावाङ भगवती, छत्रेश्वरी भगवती, कोटमौलाको कालीका, मोखला पिपलनेटा मा रहेको शिव गुफा, र लक्ष्मीपुरमा रहेको कमलक्षी मन्दिर सल्यान जिल्लाका धार्मीक धरोहर हुन । खैरावाङ भगवतीको मन्दिर धार्मीक, सास्कृतीक, एव ंपर्यटकिय दृष्टिकोणले अतिनै महत्वपूर्ण स्थानको रुपमा सुप्रसिद्ध छ । श्री स्वस्थानी कथामा आधारित सतिदेवी को अंगं पतन भै रुखको फेदमा उत्पन्न भएको खैरावाङ देवी सल्यानका राजा रजौटाका पाला देखि शक्तिपिठको रुपमा पुजा–आजा गरिदै आएको हो । सल्यान जिल्लाको सदरमुकाम खंलगा देखि २० कि.मि.को दूरीमा रहेको खैरावाङ शारदा नदी किनारमा रहेको हाउखोला बाट २ घण्टाको पैदल उकालो बाटो हिडेर पनि पुग्न सकिन्छ । त्यसै गरी अर्को शक्ति पिठ हो छत्रेश्वरी । शारदा नदी किनारमा रहेको छायाक्षेत्र फाटको नजिक रहेको छत्रेश्वरी मन्दिरमा सतिदेवी को शेष अंग पतन भएको विस्वास गरिन्छ । यो मन्दिरमा अन्य शक्तिपिठमा झै पशु,पंछी को वली चढाउने गरिन्न । यो मन्दिरमा सल्यान, रुकुम र दाङ वाट समेत धार्मीक पर्यटकहरु जाने गर्दछन । सल्यान जिल्लाको अर्को शक्तिपिठ मानीने कमलाक्षि मन्दिर पनि हो । सतिदेवीको करङ पतन भएको स्थानको रुपमा धार्मीक मान्यता रहेको छ । पहाडको स्वरुपमा देखिने कमलाक्षी हेर्दा पनि करङ कै आकृतीमा देख्न सकिन्छ । धार्मीक किंवदन्ती अनुसार सतीदेवी को सल्यानमा तिन ठाउमा अंग पतन भएको र ति सवै ठाउ शक्तिपिठको रुपमा पुजा गर्ने गरिन्छ ।

फालावाङ सल्यान जिल्लाको ऐतिहासिक स्थल हो । पछिल्लो समयमा सल्यानी राजाहरुले फालावाङबाट नै शासन चलाएको इतिहास छ । महाभारत पर्वतमा रहेको फलावाङ सल्यान जिल्लाको दक्षिण दाङको सिमावर्ती भूगोल मा पर्दछ । थर्कोट पहाडको बिच भागमा पर्ने फलावाङ मोटरमार्ग नभएको बेला सल्यान, रुकुम पैदल यात्रामा वाटोमा पर्ने थियो । ऐतिहासिक फालावाङ दरवार अहिले संरक्षण हुन नसक्दा अस्तित्वको खोजिमा पुगेको छ । सल्यान मा धेरै कुरा छ । प्राकृतीक संम्पदाको सल्यान धनी छ । तर त्यसलाई संरक्षण र प्रचार–प्रसारको कमी भएको छ ।

सल्यान जिल्लाको मध्यभागमा रहेको यो कुपिण्डे ताल काे छुट्परटै पहिचान रहेको छ । किम्वदन्ती अनुसार अहिले कुपिण्डे ताल भएको स्थानमा ठूलो गाउ थियो । गाउँमा एकदिन साधु भेष भुसा मा एक जना मानीस बासको खोजिमा गाउ पसेछन । धेरै घरमा वास माग्दा पनि उनले वास पाउन सकेका रहेनछन । निरास हुदै एक जना वृद्वको घरमा उनि पुगेछन । वासको लागी आफु आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्व महिलाले आफ्नो घरमा खाना र वस्नको लागी केहि प्रवन्ध हुन नसक्ने वताए पनि साधु त्यहि घरमा वस्ने अनुमती मागेछन । वृद्वको गरिवी थाहा पाए पछि भोलिपल्ट विहान साधुले ति वृद्व महिलालाई अहिलेको कुपिण्डे दह तर्फको पहाड देखाउदै भनेछन्, त्यो पहाड सम्म जाउ । हिडदा पछि फर्किएर नहेर्नु । साधुको कुराले महिला पहाड तर्फ लागिछन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सवै गाउँ पानीले भरिएको तालमा परिणत भएछ ।
अहिले ताल, पोखरी, र दहको वारेमा अध्यन अनुसंन्धान गर्ने संघ÷सस्था÷विद्यार्थी धेरै जिल्लामा पुग्ने गरे पनि कुपिण्डे दहमा भने कमै विद्यार्थीहरु पुग्ने गरेका छन ।कुपिण्डे ताल प्ाकृितक  रुपले निकै सुन्दर मानीन्छ । तालको वरपर हरियाली रुख विरुवाहरु, सुन्दर वस्ति नेपालीपन को जन जीवनले जो कोहिलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा वराहको मन्दिर छ । सल्यान जिल्लाको मात्र नभएर वराह मन्दिरमा पुजा गर्न रुकुम, सुर्खेत र जाजरकोट जिल्लाका मानिसहरु पनि पुग्ने गर्दछन । आजसम्म धार्मीक पर्यटकिय दृष्टिकोणले मात्र महत्व मानिदै आएको कुपिण्डेदहको वारेमा वैज्ञानिक अनुसंन्धान भने आजसम्म हुन सकेको छैन ।

नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवले पूजा आराधना गरेकाले कुनै पनि अवसरमा

बलि नचढाइने बताइन्छ । सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो । दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ । सल्यान सदरमुुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूूर्वमा पर्ने उक्त मन्दिर शारदा नदीको पनि पूूर्व्तिर रहेको छ । त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा–टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुुनसकेको छैन । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ । मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । मन्दिर परिसरको उत्तरतिर एउटा ठूूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।

धार्मिक महत्वको क्षेत्र छायाँक्षेत्रको अन्य कुुनै आम्दानी छैन । वर्षमा एकदिन लाग्ने मेला र अन्य समयमा आउने दर्शनार्थीले चढाएको भेटीबाट मन्दिर व्यवस्थापन गरिएको छ । वार्षिक औसतमा ७० हजारजतिको आम्दानीले जेनतेन मन्दिर सञ्चालन गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ । विशेष गरी यहाँ शिवरात्रिको बेलामा ठूूलो मेला लाग्ने गर्दछ । ५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्रसम्म पुुग्ने कच्ची बाटो २०६५ सालमा नागा बाबा प्रेम गिरीले निर्माण गरेका हुुन् । मन्दिरसम्म पुुग्न कच्ची बाटोको स्तरोन्नति हुुन नसक्दा दर्शनार्थीलाई असहज भएको छ ।

16473465_1051031921708315_888008075392263061_n

बाबाले २०३७ सालमा मन्दिरको जिर्णाेद्वार गरेका हुुन् । मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूूमिमा कालआदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ–जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं–त्यहीं पीठ उत्पन्न हँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ । मन्दिर परिसरको उत्तरतिर एउटा ठूूलो शीला छ, जहाँ सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।
पौराणिक कथाअनुुसार सतीदेवीको पहिलो शरीर गुुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ–जहाँ अंग पतन भए, त्यहाँ सबै पूण्यभूूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूूण्यभूूमि भएको पुुुजारी चूडामणि न्यौपाने बताउँछन् । उनका अनुुसार धार्मिक आस्थाको पूण्यभूूमिको दर्शन गरे मोक्ष प्राप्त हुुने धार्मिक विश्वास रहेको पुजारी चूडामणि न्यौपानेको तर्क छ । धार्मिक पर्यटनको बेजोड सम्भावना भएको छायाक्षेत्रको प्रवद्र्धन गर्न सकेमा सल्यानको पर्यटन विकास गर्न सकिन्छ । यसतर्फ सबैको ध्यान जान आवश्यक छ ।

नयाँ संरचनामा सल्यानमा अहिले शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिन्डे नगरपालिका गरी तिन ननगरपालिका र कालीमाटी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका समेत सात गाउँपालिका भएको छ ।

केवि मसालकाे ब्लगबाट 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top