ट्रेण्डिङ

होमपेज / फिचर

सल्यानमा होलीको हर्षोल्लास (फोटो फिचर)

  सल्यान खबर डेस्क २०७७ चैत्र १५ गते आइतबार १७:०४:३० मा प्रकाशित

चैत १५,सल्यान 
रङहरुको पर्व फागू पूर्णिमा आइतबार सल्यान सहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा  मनाएका छन् । सरकारले कोरोना संक्रमणको जोखिम रहेकाले घरभित्रै होली खेल्न र सार्वजनिक ठाउँमा समूहमा होली नखेल्न आग्रह गरेको छ । 

 त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्नको लागि ब्रम्हाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई झिकाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं जलेर भष्म भएको र प्रल्हादको भक्तिका कारण आगोले छुन नसकेको कथा होलीपर्वसँग जोडिएको र पापी प्रवृत्ति भएकी होलीकाको मृत्यु भएको खुशियालीमा परापूर्वकाल देखि होली मनाइँदै आएको कथन छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top