ट्रेण्डिङ

होमपेज / फिचर

सल्यानमा डढेलो नियन्त्रण गर्न पूर्व अभ्यास

  सरिता चलाउने २०७७ फाल्गुण २० गते बिहीबार १०:२७:०४ मा प्रकाशित

सरिता चलाउने फागुन २०,सल्यान 
 खैराबाङमा मन्दिर नजिकैको वनमा लागेको डढेलो नियन्त्रण गर्न सेना, प्रहरीलाई भ्याईनभ्याई थियो । आगो नियन्त्रणमा ल्याउन कोही अग्नी नियन्त्रण रेखा बनाएको देखिन्थे भने, कोही आगो निभाउन विभिन्न उपाय अपनाएका देखिन्थे । आगो निभाउन वन कर्मचारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सामुदायिक वनका पदाधिकारीहरु विभिन्न सामग्री लिई आगो निभाउन खटिएका थिए । सबैजना विभिन्न उपाय अपनाउँदै उनीहरु आगो निभाउनमा व्यस्त थिए । यो एउटा नमुना अभ्यास  मात्र हो । गर्मीयामसँगै वनमा लाग्ने डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरणपश्चात सहभागीले वनमै गई प्रयोगात्मक अभ्यास गरेका हुन् ।

डिभिजन वन कार्यलय सल्यानको ओयाजना तथा जिल्ला प्रशासन कार्यलय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी सल्यानको समन्वयमा शारदा नगरपालिका ११ खैराबाङमा नमुना अभ्यास गरिएको हो ।

अभ्यासमा वन डढेलो नियन्त्रणमा प्रयोग हुने सामग्रीको परिचय, डढेलो नियन्त्रण गर्ने तरिका, आगोबाट बच्ने उपाय, स्थानीय स्रोत सामग्रीको समुचित प्रयोगबारे जानकारी गराइएको डिभिजन प्रमुख रमेश गिरीले  जानकारी दिए । उनका अनुसार डढेलो लागे त्यसको नियन्त्रण कसरी गर्ने भन्नेबारे प्रत्यक्ष रुपमा जानकारी गराउन स्थलगत अभ्यास गराइएको हो  ।

कार्यक्रममा नेपाली सेनाका सेनानी दिनेश भटराई, नेपाल प्रहरीका प्रमुख गोबिन्द थापा, सशस्त्र प्रहरीका प्रमुख लगायतले आगलागी बाट हुने क्षेति, त्यसमा सेना प्रहरीको भुमिका लगायतका बारेमा वन उपभोक्ताहरुलाई जानकारी गराएका थिए । 

गर्मी तथा सुख्खायामा शुरु भएसँगै वन क्षेत्रमा हुने वन डढेलो नियन्त्रणका लागि अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वन डढेलोको कारकतत्व, कारण, व्यवस्थापन, रोकथाम र नियन्त्रणबारे जानकारी गराइएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top