ट्रेण्डिङ

होमपेज / फिचर

सशस्त्र द्वन्द्व : कसैलाई अभीशाप, कसैलाई फलिफाप

  दिपक शर्मा २०७७ कार्तिक २४ गते सोमबार १६:२५:२४ मा प्रकाशित

सल्यान : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५२ सालमा जनयुद्धको थालनी गर्‍यो। सशस्त्र द्वन्द्वका कारण तत्कालीन माओवादी र राज्य पक्षबाट हजारौं आमाका काख रित्तो भए। कोही अझै पनि आफन्त आउने पखाईमा बाटो कुरि रहेका छन्। हजारौं अंगभंग भएर ओछ्यानमा छटपटाइरहेका छन् भने कैयौंले आफ्नो थाकथलो छोडेर विस्थापितको जीवन काटिरहेका  छन्।

सशस्त्र द्वन्द्वले समाज परिवर्तन गर्न एक महत्वपूर्ण भूमिका त खेल्यो तर कैयौँ आमाका काखहरु उजाड बने। सशस्त्र युद्ध कतिका लागि फलिफाप भयो भने कतिको लागि अभिशाप।

तत्कालीन माओवादीले थालनी गरेको जनयुद्धका कारण आफ्नो जन्मभूमि छोड्ने मध्येका एक हुन् कुमाख गाउँपालिका ३ सेरिपाटाका धनबहादुर बुढा मगर।

चन्दा दिँदा पनि बस्न दिएनन्

तत्कालीन नेपाली कांग्रेसबाट साविक मर्मपरिकाँडा-३ का अध्यक्ष तथा तरुण दल जिल्ला कार्य समितिको उपाध्यक्ष भएकै कारण उनी आफ्नो थाकथलो छोड्नुपर्‍यो। तत्कालिन माओवादीलाई चन्दा दिँदा पनि घर बस्न नसके पछि उनी २०५४ सालमा आफ्नो जन्मथलो छोडी उनी विस्थापित भई खलंगा आए।

विस्थापित भएको केही वर्षसम्म उनलाई दैनिक गुजारा चलाउन निकै सकस पर्‍यो। जब २०६२ सालमा तत्कालीन माओवादी र सरकार बिच शान्ति सम्झौता भयो त्यसपछि उनी खलंगाबाट नौ किलोमिटर टाढा श्रीनगर झरे। शान्ति प्रक्रियापछि भने उनलाई गाउँ जान मन लागेन।  आमा र भाइहरुलाई घर पठाएर उनले श्रीनगरमै जग्गा भाडामा लिएर तरकारी खेती  र माछा पालन गर्न थाले।

विस्थापित गराएकोमा धन्यवाद माओवादी

सुरुमा माओवादीबाट विस्थापित हुँदा माओवादीलाई सत्तोसराप गर्ने बुढाले आजभोलि भने धन्यवाद दिइरहेका छन्। विस्थापित नभएको भए सेरिपाटामा तरकारी र माछा पालन गर्न सकिने थिएन।

तर विस्थापित भएर आएपछि अहिले आम्दानी गर्दै आइरहेको छु बुढाले बताए। उनले भने सायद सेरिपाटामा नै बसी रहेको भए पुरानै परम्परागत खेतीपातीमै दिन काटिरहेको हुन्थ्ये होला। तर विस्थापित भएर आएपछि अहिले राम्रै आम्दानी गर्दै आइरहेको छु।

धेरै विस्थापितहरुले अन्य विभिन्न पेशा व्यावसाय रोजेको भएपनि आफूँले भने तरकारी खेती रोजेको उनको भनाई छ।

वार्षिक ५ लाख आम्दानी

प्रतिरोपनी २ हजार ५ सयका दरले सात रोपनी जमिन भाडामा लिएर उनले व्यवसायिक तरकारी र माछा पालन गर्दै आइरहेका छन्। तरकारी खेतीबाट भएको आम्दानीबाट उनले श्रीनगरमै चार आना खेतसमेत किनिसकेका छन्।

थोरै क्षेत्रफलबाट तरकारी खेती सुरु गरेका बुढा मगरले अहिले तरकारीबाट मात्रै वार्षिक दुई लाखसम्म र माछा पालनबाट तीन लाखसम्म आम्दानी गर्दै आइरहेका छन्। सबै खर्च कटाएर पाँच लाख बढी आम्दानी गरेर आफूँ सन्तुष्ट रहेको उनको भनाई छ। कृषि पेशालाई अंगालेदेखि राजनीतिभन्दा कृषि व्यावसायलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top