होमपेज / अपराध
जेठ २६, सल्यान
सल्यानमा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ भुम्केज्युलाकी ३६ वर्षिया एक महिलाले ३८ वर्षिय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार राती साढे ८ बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामले हानी गम्भिर घाइते भएका घ्रर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।
हत्यामा आरोपमा श्रीमतीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाई छ । मृत्तक घर्तीको शवको पोष्टमार्टम सोमबार हुने प्रहरीले जनाएको छ ।