होमपेज / अपराध
असार २८,सल्यान
सल्यानमा लागु औषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिप चालक बालकृष्ण विक., त्रिवेणी गाउँपालिका ६ का करण कंवर र शारदा नगरपालिका १ श्रीनगरका २४ वर्षीय शरण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दाङको तुलसीपुरबाट सल्यानको जयचौर आउदै गरेको रा १ ज ५०८ नम्बरको डबल क्याप जिपका चालक बालकृष्ण विकले लागु औषध ट्रामाडोल हाइड्राक्लोराइड क्याप्सुल ल्याएको भन्ने सूचनाको आधारमा निगरानी गर्ने क्रममा सल्यानको त्रिवेणी गाउँपालिका ६ भाण्टाखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।
भाण्टाखोलामा जिप चालक विकबाट लागु औषध कंवर र श्रेष्ठले लिइरहको अवस्थामा ट्रामाडोल हाइड्राक्लोराइड क्याप्सुल ९ पत्ताको ९० वटा क्याप्सुल फेला पारेको उहाँको भनाई छ । खोजतलास गर्ने क्रममा घटनास्थलबाट भागेका श्रेष्ठलाई लुहाम बजारको एक होटेलको शौचालयमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको पक्राउ गरिएको खत्रीको भनाई छ ।