ट्रेण्डिङ

होमपेज / अपराध

लेनदेनको विषयमा कुटपिटबाट जाजरकोटमा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०७८ श्रावण १६ गते शनिबार १८:१३:४२ मा प्रकाशित

साउन १७,सल्यान 
लेनदेनको विषयमा कुटपिट हुँदा जाजरजोटमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुशे गाँउपालिका – ८ जनतलाका ३५ वषीय इन्द्र बहादुर सिंहको शनिबार मृत्यु भएको हो । 

स्थानी २६ वर्षीय विमल प्रकाश सिंहले लेनदेनको विषयमा कुटपिट गर्दा उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख डिआइजी गणेश बहादुर ऐरले जानकारी दिए । 

घटनामा संलग्न विमललाई घटना घटेको १२ घण्टा भित्रै नियन्त्रणमा लिन सफल भएको उनको भनाई छ । आरोपितलाई जिल्लाको भेरी नगरपालिका –२ बाहुनथानाबाट पक्राउ गरेको ऐरले बताए । घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top