ट्रेण्डिङ

होमपेज / अपराध

बलात्कार गरेको आरोपमा सल्यानमा एक वडा सचिव पक्राउ

  सल्यान खबर डेस्क २०७८ असार २७ गते आइतबार १७:०७:५४ मा प्रकाशित

असार २८,सल्यान 
बालिका बलात्कार गरेको आरोपमा सल्यानका एक वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको त्रिवेणी गाउँपालिका – ५ का वडा सचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । 

सचिवले १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको गएपनि बालिकाले २४ गतेमात्र परिवारलाई जानकारी गराएको र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए । ओरापितमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top