ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते

  सल्यान खबर डेस्क २०७८ बैशाख २० गते सोमबार १४:५६:३८ मा प्रकाशित

वैशाख २०,सल्यान

सल्यानमा छिमेकीको खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका ५ रानिकोट निवासी ५५ वर्षीय जगत राना गम्भिर घाइते भएका हुन् ।

सोमबार दिउँसो रानिकोट निवासी ५८ वर्षीय कृष्णा राना, उनको २४ वर्षीय छोरा झपेन्दै राना र १८ वर्षीय महेन्द्र रानाले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते रानाको बाँया हातमा गहिरो चोट लागेको र उनको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने महेन्द्र रानालाई आफ्नै पुरानो घरमा लुकिछिपि बसेको अवस्थामा फेलापारी नियन्त्रणमा लिएको र अन्य दुई जनाको खोजी कार्य भइरहेको पौडेलको भनाई छ । घटनाको कारण खुल्न नसकेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top