ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा बालविवाह गरेको भन्दै बेहुला सहित तीन जना पक्राउ

  सल्यान खबर डेस्क २०७८ बैशाख १६ गते बिहीबार ०८:५०:३० मा प्रकाशित

वैशाख १६,सल्यान 
जिल्लामा ११ वर्षीया बालिकालाई बाल विवाह गरेको आरोपमा १४ वर्षीय किशोर सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका १४ वर्षीय बेहुला किशोर, बेहुलाका बुवा र भाउजुलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

बैशाख १३ गते राती खाना खाएर सुती सकेको अवस्थामा स्थानीय किशोरले आफ्नो छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवा बिहानै गएर छोरीलाइ फिर्ता ल्याएर प्रहरीकोमा पुगेका थिए ।
कक्षा ६मा पढ्दै गर्दा छोरीलाइ भगाएर बाल विवाह गर्ने र विवाह गराउने विरुद्ध बालिकाको बुवाले प्रहरीमा जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुबै बालबालिका स्थानीय विद्यालयमा कक्षा ६ मा अध्यनरत रहेको बुझिएको छ । यस घटनामा बाल विवाह संगै बलात्कार समेत भएको  भन्दै जाहेरी आएकाले सोही अनुसार मुद्धा प्रकृया अगाडी बढाउने प्रहरी प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top