होमपेज / अपराध
दीपक शर्मा चैत ३,सल्यान
सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्या एकतर्फी प्रेम गर्ने एक किशोरले गरेको खुलेको छ ।
हत्या भएको एक वर्ष पछि मृत्तक बोहराले प्रेम प्रस्ताव स्वीकार नगरै कारण हत्या गरेको खुलासा भएको छ ।
गाउँकै कबिताको दिदीको छोरा नाता पर्ने किशोरले कवितालाई एकतर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा कविताले कुनै चासो नदिएपछि हत्या गरेको निष्कर्षमा पुगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । २०७६ साल फागुन २ गते राति १२ देखि १ बजेको बीचमा कबिता गोठ नजिकको भकारोको डिलमा मोबाइलमा फोन गर्दै गरेको अवस्थामा किशोरले पहिले टाउकोमा खुकुरीले प्रहार गरेको र खुकुरी प्रहार पछि कविता चिच्याउँदै डिलबाट लडेको अवस्थामा घाँटीमा २ चोटी प्रहार गरेको साविती बयान दिएको प्रहरीले जनाएको छ ।
यसबीचमा प्रहरीले तालिमप्राप्त कुकुरदेखि विभिन्न दुई दर्र्जन बढी संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।
लव केन्द्रित अनुसन्धान
कविता जनता मा.वि काभ्रामा कक्षा ९ मा अध्ययनरत थिइन । २०७६ फागुन २ गते प्रणय दिवसकै दिन उनको हत्या भएको थियो ।
प्रणय दिवसकै दिन हत्या भएकाले प्रेमकै कारण हत्या भएको अनुमान प्रहरीलाई पहिले देखिनै रहेको प्रहरी प्रमुख थापाले बताए ।
प्रेमको कारण हुन सक्ने भन्दै प्रहरीले कबिताको मोवाइलमा आएका फोन तथा म्यासेजमाथि प्रहरीको अनुसन्धान केन्द्रित भयो । फोन र म्यासेज गर्ने व्यक्तिहरुको लोकेशन घटनाको समयमा घटनास्थलभन्दा टाढाको दुरीमा देखियो । त्यसपछि टोलीले अनुसन्धानको विधि परिवर्तन ग¥यो ।
एकतर्फी प्रेम
ती किशोर र कविताकोे घर करिब ५०० मिटरको दुरीमा रहेको छ । कविताको जग्गा उनीहरुले कमाउने भएकाले उनीहरुको पहिलेदेखि नै चिनजान थियो। दुई वर्ष अघिदेखि नै उनले कवितालाई मन पराउने, एउटै स्कुलमा माथिल्लो कक्षामा अध्ययन गर्ने, सँगै विद्यालय जाने, प्रेम पत्र लेखेर व्यागमा हालिदिने तर रिप्लाई नआउने,, मोबाइलमा फोटो जोडेर वाल पेपर बनाएको तर, कविता भने उनीसँग त्यसरी नजिक नभएको बरु उनले कविताले अर्कै युवकसँग प्रेम गरेको थाहा पाए । प्रणय दिवसको दिन पनि कुनै वास्ता नगरेपछि आफूलाई जलन भएकाले हत्या गरेको पाइएको छ ।
तर एक वर्षसम्म जोगिएका किशोरलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । हाल उनी बालसुधार गृह नेपालगञ्ज रहेका छन् ।