ट्रेण्डिङ

होमपेज / अपराध

बाघको छालासहित सल्यानका दुई जना दाङमा पक्राउ

  सल्यान खबर डेस्क २०७७ फाल्गुण १२ गते बुधबार १९:०९:५० मा प्रकाशित

 प्रतिबन्धित बाघको छाला सहित दाङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा  सल्यान बागचौर नगरपालिका–९ का २९ वर्षीय सन्दिप डाँगी र शारदा नगरपालिका–१५ का ३७ वर्षीय ईन्द्र बहादुर थापा बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मंगलवार विहान करिब २ बजेतिर प्रतिबन्धित बाघको छाला ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिप्रकाबाट गएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुरउपमहानगरपालिका–४ गोठिखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालाले जानकारी दिए।

रा १ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले सोधपुछ गरी खानतलासी गर्दा झोलामा लुकाइ राखेको चार फिट ५ इञ्च लम्बाइ १ फिट चौडाइ भएको छाला बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय पठाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top