होमपेज / अपराध
सरिता चलाउने माघ ८,सल्यान
जबरजस्ती करणी मुद्दामा फरार८४ वर्षीय प्रतिवादी चार वर्ष पछि पक्राउ परेका छन् । जिल्ला अदालत सल्यानबाट ८ वर्षको कैद सजाय पाएका फरार अभियुक्त कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानीका ८४ वर्षीय जितलाल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार एक स्थानीय १३ वर्षीया बालिकालाई बोहराले बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानले वि.सं २०७३ माघ ७ गते बलात्कार गरेको कसुर ठहर गर्दै ८ वर्षको जेल सजायको फैसला सुनाएको थियो ।
जिल्ला अदालत सल्यानको २०७३ साल फागुन १५को आदेश अनुसार बोहरा १ लाख ८ हजार धरौटिमा छुटेका थिए । अन्तिम अदालतको फैसलामा पछि बोहरा फरार रहेका थिए ।
उनलाई कपुरकोट गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको प्रहरी प्रमुख गोबिन्द थापाले बताउनु बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तहरुको खोजतलास गर्दा फरार सूचिमा रहेका देखिदा पक्राउ गरिएको हो ।
बोहरालाई बिहिवार पक्राउ गरी जिल्ला अदालतमा सल्यानमा बुझाई कारागार चलान गरिएको प्रहरी प्रमुख थापाले बताए ।