होमपेज / अपराध
सरिता चलाउने पुस २८,सल्यान
सल्यान प्रहरीले बुह विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बागचौर नगरपालिका –१ कोटबेत घर भई हाल ललितपुर महानगरपालिका १८ मगरगाउँ बस्ने २७ वर्षीय भरत बस्नेत र उनकी कान्छी श्रीमती ओखलढुङ्गा लिखु गाउँपालिका ९ की २१ वर्षीया लक्ष्मी परियारलाई पक्राउ गरेको हो ।
बस्नेतले जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको भन्दै जेठी श्रीमती ललिता बस्नेतले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन । जाहेरीका आधारमा उनीहरुलाई ललितपुर महानगरपालिका १८ मगरगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बहु विवाह कसुरमा सल्यान अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका स्थित लोकन्थलीमा बस्नेतले एक फर्निचर उद्योगमा लेखामा र परियारले शोही ठाउँमा ढोल बनाउँदै आइरहेकी थिइन ।