होमपेज / अपराध
पुस १६,सल्यान
सल्यानको शारदा नगरपालिकामा एक १६ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।
सामुहिक बलात्कार गरेको आरोपमा जिल्लाको शारदा नगरपालिका ४ का२२ वर्षीय सुरेश बस्नेत र २२ वर्षकै मनोज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आफन्तको घरमा बस्दै आइरहेकी बालिकालाई पुस ८ गते बलात्कार भएको पिडित पक्षले प्रहरीमा उजुरी दिएको र उजुरीका आधारमा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख गोविन्द थापाले बताए ।
आमाबुवाको संरक्षणमा नरहेकी ती बालिका आफन्तको घरमा बस्दै आइरहेकी थिइन ।
प्रहरीका अनुसार पिडित बालिकाका आमा नरहेको र बुवा पनि रोजगारीका लागि जिल्ला बाहिर रहेका छन् ।
आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।