ट्रेण्डिङ

होमपेज / अपराध

सल्यानमा वृद्धालाई बोक्सी आरोप लगाउने तीन जनालाई कैद सजाय

  सल्यान खबर डेस्क २०७७ मंसिर २२ गते सोमबार १२:२०:५२ मा प्रकाशित

मंसिर २२,सल्यान 
सल्यानमा एक वृद्धालाई बोक्सी आरोप लगाउने तीन जनालाई कैद सजायको फैसला भएको छ । 

जिल्लाको शारदा नगरपालिका १ श्रीनगर निवासी ६० वषी{या वृद्धालाई बोक्सी आरोप लगाउने तीन जनालाई जिल्ला अदालत सल्यानले कैद फैसला सुनाएको हो । 
बोक्सी आरोप लगाउने स्थानीय २३ वषीया जयन्ती खड्कालाई ६ महिना कैद र ५ हजार जरिवाना, २१ वषी{या सरिता खड्का र २४ वषी{या गीता खड्कालाई जनही ३ महिना कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना फैसला सुनाएको जिल्ला अदालत सल्यानका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए । 
गत भदौ ५ गते बोक्सी भनेको आरोपमा प्रहरीले गत असोज १२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top