होमपेज / अपराध
सरिता चलाउने, इन्द्र बुढाथोकी मङ्सिर १४,सल्यान
सल्यानमा एक युवकले ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेका छन् ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ५ राउचेका २८ वर्षीय शेर बहादुर साहुले सोही ठाउँका ६६ वर्षीय दुर्गा बहादुर बादीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार बेलुका ७ बजे नाथेखोलाबाट घर फर्कने क्रममा भारचौर खोलामा बादीलाई पछाडिबाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए । घटना बेलुका ७ बजेको भए पनि स्थानीयले प्रहरीलाई साढे ८ बजे मात्रै खबर गरेको उनको भनाई छ । हत्या गर्ने युवकको मानसिक सन्तुलन ठिक नभएको पाइएको प्रहरीको भनाई छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय, वनगाड चौकी र बाबियाचौरबाट प्रहरी घटना स्थलमा पुगेको थापाको भनाई छ । फरार रहेका युवकको खोजतलास भइरहेको र घटनाका बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।