होमपेज / अपराध
मंसिर १२,सल्यान
सल्यानमा पैसाको प्रलोभन देखाई २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका–३ निवासी ५४ वर्षीय कालो वलीलाई प्रहरीले बिहिवार गिरफ्तार गरेको हो ।
दार्मा गाउँपालिका – ३ मा भाँडा पसल गर्दै आएका आरोपितले पिडित महिलालाई आर्थिक प्रलोभनमा पारी ०७७ असार २७ गते बलात्कार गरेको उजुरीको आधारमा आरोपितलाइ गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडितका अनुसार आफूलाई पटक पटक बलात्कार गर्दै आएको रलघटना बारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको पिडितको भनाई छ । गर्भ रहेको सासु आमाले थाहा पाएपछि घटना बाहिर आएको हो ।
आर्थिक अवस्था कमजोर भएकी पीडितका पति रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।पीडितको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आरोपितलाई अदालतबाट १५ दिनको म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता लक्षमण वलीले जानकारी दिए।